Tuesday, 25th August, 2026
वि.स.

हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीका दुई सडकखण्ड पहिरोले अवरुद्ध

Pahiro-1600944258.jpg

अविरल वर्षाका कारण पहिरो खस्दा हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीका दुई वटा सडकखण्ड अवरुद्ध भएका छन् । हेटौंडा काठमाडौं जोड्ने छोटो दूरीको मार्ग अन्तर्गत भिमफेदी—कुलेखानी सडकखण्ड र त्रिभुवन राजपथ खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । भिमफेदी—कुलेखानी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका-२ देउराली र त्रिभूवन राजपथको भिमफेदी गाउँपालिका-९ दन्दुभञ्ज्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा दुवै सडकखण्ड भएर चल्ने सवारी साधनहरु बीच सडकमै अलपत्र परेका छन् । वर्षा नरोकिएका कारण दुवै सडकखण्डमा खसेकाे पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।

यस्तै कान्तीलोकपथमा पनि पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif