Saturday, 22nd August, 2026
वि.स.

हेटौंडा उपमहानगरपालिकाद्वारा मजदुर परिवारलाई खाद्यान्न वितरण

hetauda-1585389674.jpg

 हेटौंडा उपमहानगरपालिकाले दैनिक ज्यालादारी गरेर हातमुख जोर्न समस्या भएका मजदुरहरुलाई खाद्यान्न वितरण गर्न सुरु गरेको छ । कोरोना भाइरसको त्रासका कारण सरकारले लकडाउन गरेपछी निर्माण क्षेत्रमा काम गर्नका लागि समस्या भोग्दै आएका मजदुरका लागि खाद्यान्न वितरण गर्न सुरु गरेको हो ।

लकडाउनका कारण दैनिक ज्यालादारी र निर्माण क्षेत्रमा काम गर्नका लागि समस्या भोग्दै आएका मजदुरका लागि आजबाट चामल, दाल र नुन वितरण गर्न सुरु गरिएको हेर्टौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताए ।

हेटौंडामा जसको घर र जमिन छैन, कोठा भाडामा परिवार सहित बस्नुपर्ने बाध्यता भोग्दै आएका छन् र खाद्यान्नका सामान सकिसकेका परिवारलाई वितरण गर्न सुरु गरिएको हो । आज मात्र निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरुको संस्था क्युपेक नेपाल मकवानपुरसंगको सहकार्यमा एक हजार केजी चामल, २ सय केजी दाल र एक सय प्याकेट नुन वितरण गरिएको मेयर महतले वताए ।

सवै मजदुरलाई एकै पकट बोलाएर वितरण गर्दा भिड बढी हुने भएकाले क्युपेक संस्थालाई जिम्मा दिएर त्यस मार्फत पालैपालोसंग वितरणको तयारी भएको मेयर महतले वताए । दैनिक ज्यालादारी गर्ने मजदुरको एकिन तथ्याङक पनि हेटौंडाका १९ वटै वडाका वडा अध्यक्ष र वडा सदस्यहरु मार्फत संकलन गर्ने र बास्तविक मजदुर परिवार जसलाई खानको समस्या परिसकेको छ उनीहरुका लागि मात्र वितरण सुरु गरिएको मेयर महतले वताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif