Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडामा ७ हजार ४ सय कोरोना परिक्षण

kitjanya-1593582493.jpg

 हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को प्रयोगशालामा हाल सम्म ७ हजार ४ सय ३२ जनाको कोरोना परिक्षणका लागि नमुना प्राप्त भएको छ ।

नमुना प्राप्त भएका मध्य धेरै जसोको कोरोना परिक्षण गरिएको छ । भने केहीको परिक्षणको चरणमा राखिएको छ । पछील्लो समय बिभीन्न जिल्लाबाट यहाँको प्रयोगशालामा कोरोना जाँच गर्न धेरै चाप भएपछी नमुना हेटौंडाको प्रयोगशालामा ल्याएर जााच् गर्ने चरणमा रहेको छ ।

हाल सम्म कोरोना परिक्षण गरिएका मध्यमा अधिकांश तराइका जिल्लाबाट परिक्षणका लागि ल्याइएका नमुनामा रहेका छन् । संक्रमितहरु अधिकांश तराइको बारा, पर्षा र रौतहटका छन् ।

कोरोनाको माहामारी सुरु भएदेखि हाल सम्म हेटौंडाको बागमती प्रादेशीक ल्यावमा ७ हजार ४ सय जना भन्दा वढीको कोरोना जाँच गरिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०