Tuesday, 25th August, 2026
वि.स.

हेटौंडामा १० किलो गाँजासहित मकवानपुरका तीनजना पक्राउ

gaja-1601914804.jpg

हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ स्थित पुर्व पश्चिम लोकमार्ग सडक खण्डमा लागु औषध गाँजा १० किलो २८८ ग्राम सहित ३ जना पक्राउ परेका छन् ।

१९ असोज बिहान उक्त सडक खण्डमा ३-०३-००१ ज ००१२ नंबरको यात्रुवाहक म्याजिकलाई रोकी चेकजाँच गर्दा उक्त म्याजिकमा सवार ३ जनाले बोकेको जेब्रा झोलामा लागु औषध गाँजा फेला पारको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

गाँजा सहित पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नंबर १९ का ४६ वर्षीय बिर बहादुर घलान,मनहरी गाउँपालिका वडा नंबर ५ की ४० वर्षीया सृजना तामाङ र कैलाश गाउँपालिका वडा नंबर १० का २४ वर्षीय प्रकाश तामाङ गरी ३ जना रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ३ जनामाथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif