Saturday, 22nd August, 2026
वि.स.

हेटौंडामा युथ मोटिभेसनल सेमिनार हुने

69529870_679452882557952_-1566902967.jpg

चर्चित पाइलट तथा कलाकार विजय लामाको उपस्थितीमा हेटौंडामा युथ मोटिभेसनल सेमिनार हुने भएको छ । रोट्रयाटक क्लब अफ हेटौंडाको आयोजनामा सेमिनार हुने आज पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।  


विद्यार्थीहरुको  विभिन्न सोच विचारमा परिवर्तन गर्न र भविष्यमा कसरी अघि बढ्ने भन्न विषयमा मोटिभेसनल सेमिनारको आयोजना गरिएको क्लबका अध्यक्ष सरोज देवकोटाले बताए । विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको क्लबले केहि दिनअघि मनहरी ज्यामिरेमा निशुल्क दन्त परीक्षण शिविर कार्यक्रमको आयोजना गरेको थियो । 


सेमिनारमा करिब हेटौंडाका विभिन्न क्याम्पस÷कलेजका ६५० जना विद्यार्थीहरुको सहभागिता रहने कार्यक्रम संयोजक समिन ढुङगानाले बताए । भदौको १५ गते हेटौंडा ५ मा रहेको पुजा व्याङ्क्वेटमा कार्यक्रम हुने उनले बताए । कार्यक्रममा विद्यार्थीहरुले सहभागिता जनाउन पाइने र प्रवेश शुल्क एक सय लाग्ने संयोजक ढुङ्गानाले बताए । कार्यक्रममा विजय लामा र सौनक भट्टले सेमिनारमा मोटिभेसनल विचार राख्ने आयोजकले जनाएको छ ।  नविल बैंक कार्यक्रमको मुख्य प्रायोजकको रुपमा रहेको छ । प्रवेश टिकटको लागि हेटौंडा ४ इन्द्रेणी बजारमा रहेको एआर ग्राफिक्स र भैरवरोडबाट कान्तिराजपथ जाने माता सप्लायर्समा उपलब्ध हुने आयोजकले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif