Wednesday, 19th August, 2026
वि.स.

हेटौंडामा बागमती प्रदेश स्तरीय सभाहलको शिलान्यास

Hall-1606305935.jpg

मकवानपुरको हेटौंडामा बागमती प्रदेश स्तरीय सभाहलको शिलान्यास गरिएको छ ।

प्रदेश सरकारले ५ करोड रुपैयाँको लागतमा निर्माण सुरु गरेको सभाहलको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् । सभाहल निर्माणको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश राजधानीमा आधुनिक सभाहलको आवश्यकता भएका कारण सुविधा सम्पन्न सभाहल निर्माण गर्न लागिएको बताए ।

हेटौंडा उपमहानगरपालिका हाताभित्र रहेको खाली जमिनमा निर्माण सुरु गरिएको सभाहल निर्माणको जिम्मा संरक्षण निर्माण कम्पनीले लिएको छ । सो कम्पनीले २०७९ वैशाख १९ गतेसम्म निर्माण सम्पन्न गरिसक्ने गरी ५ करोड २६ लाख रुपैयाँमा ठेक्का सकारेको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif