Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडामा फेरी डोजर चल्ने

हेटौंडामा फेरी डोजर चल्ने हेटौंडाको सडक फराकिलो बनाउने कार्यलाई सरकारले ८ फागुनबाट पुनः निरन्तरता दिने जनाइएको छ । माघ ४ गतेबाट सुरु गरेको सडक फराकिलो पार्ने कामले पुनः निरन्तरता पाउन लागेको हो ।

डिभिजन सडक कार्यालय हेटौँडाका निमित्त कार्यलय प्रमुख आशुतोस कर्णका अनुसार पुन सडक फराकिलो पार्ने काम हुन्छ । सडक फराकिलो पार्ने कार्यका लागि सुरक्षा ब्यवस्था समेत कडा पारिने बुझिएको छ । हेटौंडाको बुद्धचौक तथा राप्तिरोड र मेन रोडको केहि घरहरुमा डोजर चलाउने तयारी रहेको बताईएको छ । सडक फराकिलो बनाउँदा सर्वोच्चले रोकेका केही घरहरु भने तत्काल नभत्काउने थाहा भएको छ ।