Wednesday, 19th August, 2026
वि.स.

हेटौंडामा ट्रकको ठक्करबाट एकको मृत्यु, दुई घाईते

accident-1610953424.jpg

हेटौंडामा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाईते भएका छन् ।

गएराति पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–९ को हनुमानगेटस्थित हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख २०३४ नंबरको बसको पछाडि पछाडि ना६ख ४९९५ नम्बरको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका ५ भिष्वाका २० वर्षीय मोहम्मद कैस मिया रहेका छन् । रोकि राखेको बसको डिकीबाट सामान झिकिरहेको अवस्थामा पछाडीबाट ट्रकले ठक्कर दिदाँ मियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट घाईते हुनेहरुमा पर्साको छिपहरमाई गाउँपालिका ५ का ३७ वर्षीय अव्जल मिया र २५ वर्षीय इसाद आलम रहेका छन् । उनिहरुको उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक र बस नियन्त्रणमा रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif