Tuesday, 25th August, 2026
वि.स.

हेटौंडामा ट्याक्टर दुर्घटना : दूईको मृत्यु, एक घाईते

tryaktar-1595841779.jpg

हेटौंडाबाट रड बोकेर पूर्वी मकवानपुर जाँदै गरेको  ना ५ त ८०८८ नंबरको ट्याक्टर हटियामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नंबर ६ का वर्ष ५५ का शंखर लोप्चार र बागमती गाउँपालिकाकै वडा नंबर ८ का वर्ष १७ का शुजल नेगी रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यस्तै अर्का घाईते मनोज जिम्बाको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ । तीनै जना ट्याक्टरमा सवार थिए ।ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif