nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडामा एलजीसिडिपीको क्षेत्रिय परामर्श बैठक सकियो

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसिडिपी) को आयोजनामा हेटौंडामा दुई दिने क्षेत्रिय परामर्श बैठक सम्पन्न भएको छ । बैठकमा एलजिसिडिपी मार्फत संचालन भएका कार्यक्रम तथा प्रभावको विषयमा छलफल भएको थियो । बैठकले नयाँ संरचना (स्थानीय तह) हुँदा कसरी कार्यक्रमलाई थप प्रभावकारी ढंगबाट संचालन गर्ने तथा परियोजना अवधि पश्चात् कसरी नयाँ कार्यक्रमलाई अघि बढाउने भन्ने विषयमा पनि छलफल भएको थियो । 

बैठकमा क्षेत्रिय स्रोत केन्द्र हेटौंडा अन्तर्गतका नौ वटा जिल्ला विकास समिति र ३७ उपमहानगर तथा नगरपालिकाका इन्जिनियर तथा फोकल पर्सनको सहभागिता रहेको थियो । 

कार्यक्रमका सहभागीहरुलाई एलजीसिडिपीका राष्ट्रिय कार्यक्रम प्रवन्धक रेशमलाल कँडेल, केन्द्रीय कार्यक्रम इकाईका शिवराज पोखरेल, सिपी सिग्देल, जगरनाथ अधिकारी र धु्रव नेपालले सहजीकरण गरेका थिए । बैठकमा क्षेत्रियस्तरमा भएका कार्यक्रम र त्यसको प्रभावको प्रस्तुतिकरण क्षेत्रिय प्रमुख प्रकाश घिमिरेले गरेका थिए । प्रस्तुतिकरणमा क्षेत्रिय कार्यालयका गौरीशंकर शाह, नजबुल्लाह अन्सारी, रन्जु यादव, विक्रम खतिवडालगायतको पनि सहभागिता रहेको थियो । 

कार्यक्रम दुइदिनसम्म संचालन भएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)