Friday, 3rd July, 2026
वि.स.

हेटौंडामा आईसीयुसहितको आइसोलेसन वार्ड तयार

iso-1585379717.jpg

 बागमती प्रदेश सरकारले राजधानी हेटौंडामा आईसीयु कक्ष र आइसोलेसन कक्ष तयार पारेको छ । हेटौंडा–४, कर्रास्थित श्रमिक माविको नवनिर्मित भवनमा चार बेडको भेन्टिलेटरसहितको आईसीयु कक्ष र ३० बेडको आइसोलेसन कक्ष तयार भएको हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले जानकारी दिए । तत्काल ४ बेडको आइसीयु कक्ष तयार भएको र आवश्यकता अनुसार सो स्थानमा एउटा आईसीयु थप गर्न सकिने श्रेष्ठले जानकारी दिए ।

कोरोना भइरसको संक्रमणको आशंका भएका विरामीलाई आइसोलेसनमा राखेर उपचार समेत गर्ने सुविधा तयार भएको डा. श्रेष्ठले बताउनुभयो । उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका लागि लगाइने दुई थान पोशाकसहित सम्पुर्ण तयारी पूरा भएको डा. श्रेष्ठले बताए। यस बहेक हेटौंडा–११ स्थित हेटौंडा एकेडेमिमा महिला र पुरुष गरी हाललाई १०० बेडको क्वारेन्टाईन निमौण भएको साथै जिल्लामा हाल सम्म क्वारेन्टाई, आईसोलेसन र आईसीयुमा कुनै पनि बिरामी भर्ना नभएको डा. श्रेष्ठल बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि कमाण्ड पोष्ट गठन गरेर काम भईरहेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए। कमाण्ड पोष्टको तथ्याङ्क अनुसार शुक्रबार साँझसम्ममा जिल्लामा २५३ जना भारत लगायत बाहिरबाट आएको पाईएको र उनिहरु निगरानीमा रहेको, जिल्लामा औषधि, खाना पकाउने ग्याँस, खाद्यान्नलगायत अत्यावस्यक वस्तु पर्याप्त रहेको र सुरक्षित तबरले बिक्रिबितरणको व्यवस्थापन गरिएको तथा आईसोलेसन बार्डमा ७ जना स्वास्थ्यकर्मी खटिएको र उनिहरुलाई हेटौंडास्थित एभोकाडो होटलमा छुट्टै बसोबासको व्यवस्था गरिएको प्रमुख खुलालले बताए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०