Wednesday, 26th August, 2026
वि.स.

हेटौंडामा अटो र मोटरसाइकल ठोक्किदा ३ जना घाइते

accident-new-1603950563.jpg

हेटौंडामा बिहीबार अटो र मोटरसाइकल ठोक्किदा ३ जना घाइते छन् । घाइते हुनेमा मोटरसाइकल चालक रौतहट पिपरा गाउँपालिकाका १८ बर्षीय आइस तिवारी, अटोमा सवार हेटौंडा-१२ रमनटारका ९ बर्षीय सुसन बल, मनहरी गाउँपालिका-३ की २० बर्षीया सर्जली मोक्तान रहेका छन् ।

हेटौंडा-२ तिरतिरे धारामा सामरीबाट हेटौंडातर्फ आउँदै गरेको बा७९प १८१५ नम्बरको मोटरसाइकल र हेटौंडाबाट जाँदै गरेको ना२ह १५ नम्बरको अटो ठोक्किएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । अटो र मोटरसाइकल प्रहरी नियन्त्रण रहेको जनाइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif