Sunday, 5th July, 2026
वि.स.

हेटौंडाबाट ५ सय स्वाब धुलिखेल पठाइयो

Swab-Test-1598359292.jpg

बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना संक्रमण परीक्षण गर्नुपर्ने स्वाब धेरै जम्मा भएपछि परीक्षणका लागि धुलिखेल पठाइएको छ ।

हेटौंडामा १ हजार स्वाब जम्मा भएपछि ५ सय स्वाब परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य अधिकृत डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए । पछिल्लो समय अघिक मात्रामा स्वाब संकलन भएपछि रिपोर्ट आउन एक सातासम्म लाग्ने गरेको छ । काभ्रेको धुलिखेलमा र भक्तपुरको खरिपाटीमा प्रयोगशाला थपिए स्वाब संकलन बढेकाले रिपोर्ट आउन ढिला हुने गरेको छ ।

प्रदेश सरकारले एक साताभित्र ४ वटा पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । सेढाईंका अनुसार त्यसका लागि यसै साता सूचना जारी हुनेछ ।

ती पीसीआर मेसिन नुवाकोटको त्रिशुली अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल, सिन्धुलीको सिन्धुली अस्पताल र मकवानपुरको हेटौंडा अस्पतालको प्रयोगशालामा राखिनेछ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०