Wednesday, 19th August, 2026
वि.स.

हेटौंडाबाट चोरी भएको मोटरसाइलक सहित दुई जना पक्राउ

bike-1612515978.jpg

हेटौडाबाट चोरी भएको मोटरसाइलक सहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाले हेटौडाबाट चोरी भएको मोटरसाइलकसहित दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरी चेकिङ टोलीले गरुडा नगरपालिका वडा नम्बर ५ झाझपुलस्थित गौर–चन्द्रपुर सडक खण्डबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मोटरसाइकल चालक बारा जिल्ला कोल्हबी नगरपालिका वडा नम्बर १० प्रसौना टोल निवासी २० वर्षीय देव प्रकाश चौधरी र पछाडि बस्ने सोही नगरपालिका वडा नम्बर ७ धोधरपा टोल निवासी २१ वर्षीय सागर चौधरी रहेको प्रहरीले जनाएको छ ।

कटहरीया बजारदेखि गरुडातर्फ जाँदै गरेको अवस्थामा प्रदेश ०३–००२ प ६५८८ नम्बरको रातो रंगको २०० सीसीको एनएस पल्सर मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलको साँचो आधा भाँचिएको देखेपछि कागजात माग्दा देखाउन नसकेको र थप सोधपुछ गर्दा मोटरसाइकल छाडेर भाग्न खोज्दा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले बताए ।

उनीहरुलाई सोधपुछ गर्दा मोटरसाइकल ३/४ दिन अगाडि हेटौडाबाट चोरी गरी ल्याएको बताएको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा पठाइएको प्रहरी नायव उपरीक्षक रावले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif