Tuesday, 25th August, 2026
वि.स.

हेटौंडामा रहेको सीता भवन शिल

sil-1596617810.jpg

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० टिसिएन् रोडस्थित सीता भवन शिल गरिएको छ । उक्त भवनमा बस्दै आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको र भवनमा बस्ने अन्य व्यक्तिहरुलाई समेत संक्रमणको सम्भावना रहेकोले सो भवन शिल गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।जिल्ला प्रसाशन कार्यालय मकवानपुरको आज बसेको कमाण्ड पोष्टको बैठकको निर्णायनुसार सो भवन शिल गरिएको हो ।

बैठकले तराइबाट मकवानपुर भित्रने मुख्य नाका चुरियामाइ मन्दिर नजिकै बिगतमा राखिएको प्रहरी चेकिङ प्वाईन्टलाई पुनः सुचारु गरी अत्यावश्यक सेवा, ढुवानीका सवारी साधन तथा जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको पास बाहे्कका अन्य सवारी साधनलाई प्रवेशमा रोक लगाइने निर्णय गरेको छ । साथै, मास्क नलगाउने पैदल यात्रुहरुलाई पनि एक सय रुपैयाँ जरिवाना गरिने भएको छ ।

त्यस्तै, बैठकले मकवानपुरमा आजबाट ब्युटी पार्लल, सैलुन, जिम क्लव बन्द गरिने र होटल तथा रेष्टुरेन्टले स्वास्थ्य तथा सुरक्षाको मापलण्ड अबलम्बन नगरी व्यवसाय संचालन गरेको पाएमा संक्रमण रोग ऐन २०२० बमोजिम तत्काल कारबाहीको दायरा ल्याउने पनि निर्णय गरेको छ ।

मकवानपुर जिल्लामा हालसम्म ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif