Friday, 21st August, 2026
वि.स.

हेटौंडाको रातोमाटेमा बस दुर्घटना हुँदा २१ जना घाइते

Bus-1572583356.jpg

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेमा यात्रु वाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। 

पुर्व पश्चिम राजमार्ग अन्तर्गत रातोमाटेमा बस सडकमै पल्टँदा २१ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिए । काकडभिट्टाबाट भैरहवा तर्फ जाँदै गरेको ना ४ ख ५७०० नम्बरको मुुुुनाल यातायात प्रालिको यात्रु बहक बस दुर्घटना भएको हो । बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

घाइते मध्ये १९ जना सामान्य उपचारपछि घर फर्किएका छन्, २ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif