nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडाका निजी घरमा आज पनि डोजर चल्यो

डिभिजन सडक कार्यालयले सुरु गरेको सडक फराकिलो पार्ने कामलाई निरन्ततरता दिइएको छ । व्यवसायीले मकवानपुर बन्दको आह्वान गरे पनि व्यापाक प्रहरी परिचालन गरी बुद्धचोकमा रहेका निजी घरहरु भत्काउने काम अहिले भइरहेको छ । ८ फागुनदेखि २५ मिटर सडक फराकिलो पार्ने कामले तीव्रता पाएको हो । मुआब्जा र क्षतिपूर्ति दिनुपर्ने माग राख्दै हेटौंडाका व्यावसायीले सडक विस्तारमा अवरोध गर्ने प्रयास गरिरहे पनि ब्यापक प्रहरी परिचालन गरी डोजर चलाइएको छ ।

व्यावसायीको आह्वानमा गरिएको बन्दका क्रममा बजार क्ष्ँेत्रका पसलहरु ठप्प पारिएको छ भने यातायात, कलकारखाना र शैक्षिक संस्था भने निर्वाध सञ्चालनमा छन् । बन्दको आह्वान गर्दै बिरोधमा उत्रिएका मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा हेटौंडा बसोबास संरक्षण समितिका संयोजक राजकुमार न्यौपानेलाई आज बिहानै  प्रहरीले पक्राउ गरेको छ । न्यौपानेस“गै व्यावसायी धर्मकृष्ण श्रेष्ठलाई समेत पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता बामदेव गौतमले जानकारी दिए । 

 यसअघि एसियन हाइवेअन्तर्गत पर्ने हेटौंडाका सरकारी कार्यालय र चाइनाक्वाटरका निजी घरहरुसमेत भत्काइसकिएको छ । डिभिजन सडकले माघ ४ गतेदेखि २५ मिटर फराकिलो पार्ने अभियान सुरु गरेको थियो । व्यवसायीको अवरोधका कारण केही समय सडक विस्तार रोकिए पनि हिजो आइतबारबाट तीव्रता पाएको छ । केही समयअघि मुआब्जा र क्षतिपूर्तिको माग राख्दै केही व्यवसायीले सर्वोच्चमा मुद्दासमेत दायर गरेका थिए । सर्वोच्चले तत्काल नभत्काउन आदेश दिएकोबाहेकका घरहरु भत्काउन थालिएको डिभिजन सडक कार्यालय हेटौंडाका निमित्त प्रमुख आशुतोष कर्णले जानकारी दिए ।