Tuesday, 25th August, 2026
वि.स.

हेटौंडाका उद्योगी विके बोस नागरिकता मुद्धामा पक्राउ

bk-1599555281.jpg

नागरिकता लिदा झुटो विवरण पेस गरेको आरोपमा हेटौंडाका उद्योगी बिके बोसलाई प्रहरीले पक्राउ गरेर रौतहट पठाएको छ । रौतहटको जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकाले उनलाई पक्राउ गरेर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले वताए ।

बोस हेटौंडा औद्योगिक क्षेत्रमा रहेको सुपर लेमिकोट्स प्रालि र गर्दोइमा रहेको नारायणी मिल्कका संचालक रहेका रव्याडमिन्टन खेलमा ख्याती प्राप्त राष्ट्रियस्तरका खेलाडिका रुपमा सबैले चिन्ने गरेका छन् । हेटौंडाका औदोगिक क्षेत्रका उद्योगी ५९ वर्षीय विप्लपकान्ती (विके बोस) नागरिकता मुद्धामा पक्राउ गरिएको उनले वताए ।

जिल्ला प्रशासन कार्यालय रौतहटमा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको मुद्धामा बोसलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीको टोलीले हेटौंडा–५ गर्दोईबाट पक्राउ गरेको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif