Sunday, 23rd August, 2026
वि.स.

हेटौंडाकाे कोरोना संक्रमितको विषयमा भिडियो बनाएर गलत प्रचार गर्ने युवक पक्राउ

pakrau-1590308800.jpg

कोरोना संक्रमित हेटौंडा–४ की दुर्गा पौडेलको विषयमा गलत सन्देश प्रवाह हुने गरी भिडियो बनाएर यु–ट्युवमा अपलोड गर्ने एक युवालाई वडा प्रहरी कार्यालय हेटौंडाले पक्राउ गरेको छ । आइतबार बिहान सवा ११ बजे ती युवकलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी निरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए ।

बारा जिल्ला निजगढ नगरपालिका–१२, रतनपुर स्थायी ठेगाना भई हेटौंडा बसेर अध्ययनरत नितेश राज रिजाललाई वडा प्रहरीले हेटौंडा–४, भैरवरोडबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ । 

‘सुर्यले हेटौंडा सकाउन लाग्यो, के हेर्दैछ नेपाल पुलिस र हाम्रो सरकार’ शीर्षकमा भिडियो बनाएर राखिएको भिडियोप्रति आपत्ति जनाउँदै कोरोना भाइरस संक्रमित दुर्गा पौडेलका श्रीमान् अनन्तप्रसाद पौडेलले प्रहरीमा साइवर अपराध अन्तर्गत कारवाहीका लागि उजुरी दर्ता गराएका थिए।

-मनहरीलाइभबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०