Thursday, 20th August, 2026
वि.स.

हेटौँडा उपमहानगरपालिकाको चौथो नगरसभाः यस्तो छ ठूला योजना

HTD-1554353327.jpg

हेटौँडा उपमहानगरपालिकाले सपिङ महल तथा भ्यु टावर बनाउने भएको छ । चौथो नगरसभाको अवसरमा सार्वजनिक गरेको योजनामा सपिङ महल, देखि भ्यु टावरसम्म निर्माण गर्ने समेत रहेको छ ।हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक बर्षको हाल सम्म २२ करोड ६० लाख रपैयाँ आम्दानी गर्न सफल भएको छ ।

आन्तरिक आयमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षको अन्त्यसम्म १० करोड रुपियाँले बृद्धि हुने अनुमान गरिएको छ । उपमहानगरपालिकाका उपप्रमुख मिना लामाले आज चौथो नगरसभाका अबसरमा प्रस्तुत गरेको बजेटबाट आन्तरिक आम्दानीमा बृद्धी भएको पाइएको हो । अब साबिकको बजेटमा बृद्धि भएर १ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा उपमहानगरपालिकाको आम्दानी भने १ अर्ब ८७ करोड रुपैयाँ हुने अनुमान गरिएको उपप्रमुख लामाले बताइन् । यो रकम चालु आर्थिक बर्षमा स्वीकृत भएको रकम भन्दा १५ प्रतिशत बृद्धी भएको अर्थात २४ करोड ६२ लाख रुपैयाँ बढी हुन आएको हो ।

नदिजन्य पदार्थ, विज्ञापन कर, पुर्वाधार मर्मत सम्भार, सार्वजनिक शौचालय, सिमेन्ट निकासी करलगायतका क्षेत्रबाट बढी राजस्व संकलन भएको हो । चालु आर्थिक बर्षको यो अवधिसम्ममा भौतिक पुर्वाधारका ३ सय ८९ वटा योजानहरु संझौता भएर संचालनमा आएको छ । जस मध्ये २ सय ५ वटा योजानहरु सम्पन्न भएर एक सय ८४ वटा योजनाहरु निर्मार्णाधिन अवस्थामा संचालनमा आएको उपप्रमुख लामाले जानकारी दिइन् ।

प्रदेश ३ सरकारद्धारा हस्तान्तरित ६ करोड ८५ लाख रुपैयाँ बराबरका १५ वटा योजनाहरु संचालन भइरहेका छन् । संघिय सरकारसँगको समझदारीमा ६ करोड २१ लाखका पाँचवटा आयोजनाहरु संचालनमा रहेका छन् । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा ठूला आयोजनाका रुपमा कर्रा करिडोर, बस टर्मिनल, भवन निर्माण सम्बन्धी मापदण्ड, सभागृह लगायतका काम गर्ने योजना बनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०