Friday, 3rd July, 2026
वि.स.

हेटौँडामा ६ किलाे सुन सहित एक जना पक्राउ

सुन-1583231527.jpg



मकवानपुर प्रहरीले आज (मङगलबार) विशेष सूचनाको आधारमा हेटौँडा १५ रातोमाटेबाट ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागररिक रहेको छ । भारतको कर्नाटक राज्यका अब्दुद मजितलाई सुन सहित पक्राउ गरेको हो । काठमाण्डौँबाट बिरगंज जाँदै गरेको यात्रुबाहक बसमा सवार रहेका मजिदले बोकेको गाडीको पाटपुर्जा भित्र सुन लकाएको अवस्थामा उनलाई पक्राउ गरि सार्वजनिक गरिएको हो ।

आज जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख शुसिलसिंह राठौरले उक्त बरामद भएको सुनको हालको बजारमुल्य ४ करोड २७ लाख रुपैँया भएको बताए ।