Tuesday, 25th August, 2026
वि.स.

हेटौँडामा निषेधज्ञा भदौ १५ गतेसम्म थपियो

nised-1598247857.jpg

 मकवानपुरको हेटौँडामा निषेधज्ञा आगामी भदौ १५ गतेसम्म थप भएको छ ।साेमबार हेटौँडामा भएको कमाण्ड पोष्टको बैठकले भदौ १५ गतेसम्म निषेधज्ञा जारी राख्ने निर्णय गरेको हो । साउन २६ गतेबाट सुरु भएको निषेधज्ञा भदौ ९ सम्म कायम थियो । आजको बैठकले भदौ ९ गतेबाट १५ गतेसम्म निषेधज्ञालाई अहिलेकै अवस्थामा जारी गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए ।

कोरोनाको जोखिम अझै कम नभैसकेको कारण र कोरोना संक्रमितहरुसँग सम्पर्कमा आएकाहरुकको अझैपनि स्वाब परिक्षण नसकिएको कारण पनि १५ गतेसम्मलाई निषेधज्ञा थप गरिएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताए । निषेधज्ञाको क्षेत्र हेटौँडाको सबै वडा तथा मनहरी गाउँपालिकामा पर्ने राजमार्गको क्षेत्रहरु हुनेछन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif