Friday, 21st August, 2026
वि.स.

हेटौँडामा आई.पि.एम कृषक पाठशालाको समापन

पुर्वेली टोल आई.पि.एम. कृषक पाठशाला हेटौँडा १८ को समापन समारोह कृषक दिवस कार्यक्रम बिहीबार सम्पन्न भएको छ । 

आई.पि.एम. कृषक पाठशालाका अध्यक्ष बिन्दा बि.क.को अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका आर्थिक विकास शाखा प्रमुख दुर्गा प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौँडा १६ का वडाअध्यक्ष रामकृष्ण कोईरालाको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नविना पौडेल र सरस्वती तिमल्सिनाले स्वागत गीत गाएका थिए । १६ हप्तासम्म सञ्चालन भएको कृषक पाठशालाको सरस्वती तिमल्सिनाले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा दोहोरी गीत प्रस्तुत गर्नुका साथै पुरस्कार तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो ।  १६ हप्तासम्म चलेको उक्त पाठशालाको प्रशिक्षण धर्मराज तिमल्सिना र रामप्रसाद तिमल्सिनाले गरेका थिए ।

कार्यक्रममा वडा नम्बर १६ का वडा सदस्य सरस्वती चौँलागाई, मिठु बिक, हिमचुलीको कृषि सहकारी संस्थाका कोषाध्यक्ष जितबहादुर खड्का लगायतको आतिथ्यता रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif