Sunday, 23rd August, 2026
वि.स.

हेटौँडाको कोरोना आइसोलेसन वार्डमा थाहा नगरको १६ जना भर्ना

ward-1589610684.jpg

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ कर्रामा रहेको कोरोना आइसोलेसन वार्डमा २१ जना भर्ना भएका छन् ।

भर्ना भएकाहरुमध्ये १६ जना थाहा नगरपालिकाका नागरिक रहेका छन् । काठमाण्डौँको कालिमाटी क्षेत्रमा काम तथा ब्यवसाय गर्ने उनीहरुलाई हेटौँडाको आइसोलेसनमा ल्याईएको हो ।
त्यसैगरी हेटौँडाको २ जना, सिन्धुलीका एकजना, उदयपुरका एकजना तथा एकजना नाम थर ठेगना थाहा नभएका ब्यक्ति रहेको आइसोलेसन वार्डका संयोजक भोलाप्रसाच चौँलागाईले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०