Thursday, 20th August, 2026
वि.स.

हेटौँडाको आन्तरिक आयले लक्ष्य उछिन्यो

हेटौंडा उपमहानगरपालिकाले पहिलो चौमासिकमानै आन्तरिक आयमा लक्ष गरेभन्दा धेरै आमदानी गर्नका लागि सफल भएको छ ।

चालु आर्थिक बर्षको पहिलो चौमासिकमानै एक सय १२ प्रतिशत आम्दानी गर्नका लागि सफल भएको हो । उपमहानगरपालिकाले आज हेटौंडामा पत्रकार समेलन गर्दै दिएको जानकारी अनुसार चालु आर्थिक बर्षभरीमा ३५ करोड १२ लाख ९७ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष राखिएकोमा चालु आर्थिक बर्षको साउन महिना देखि कार्तिक मसान्त सम्म मात्र ३९ करोड ४० लाख २ हजार ३ सय ६८ रुपैयाँ आमदानी गर्न सफल भएको उपमहानगरपालिकाका सुचना अधिकृत भानु थपलियाले बताए ।

आम्दानी भएका सबै रकम बिकाश निर्माण, प्रशाशनिक खर्च लगायतका क्षेत्रमा खर्च गरिने उपमहानगरपालिकाका मेयर हरिबहादुर महतल बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०