Tuesday, 25th August, 2026
वि.स.

हेटौँडाकाे ब्यवसायीले प्रतिकिलो २० रुपैँयामा सलह किन्ने

salaha-1593322668.jpg

 हेटौँडाका एकजना व्यवसायीले नेपाल प्रवेश गरेको सलह किरा किन्ने घोषँणा गरेका छन् । हेटौँडाका व्यवसायी बैकुण्ठ लामिछानेले प्रतिकिलो २० रुपैँयामा सलह किरा किन्ने घोषँणा गरेका हुन् ।
शुभारम्भ पोल्ट्री फर्मका सञ्चालक समेत रहेका लामिछानेले लोकल कुखुराको ब्यवसाय गरिरहेका छन् । लामिछानेले लोकल कुखुराको लागि आफुले यस्तो घोषँणा गरेको बताए ।

सलह किराले बाली नष्ट गर्ने संभावना रहेको भन्दै उनले सलह किरा संकलन गर्नेहरुलाई केहि आर्थिक सहयोग पनि हुने र आफुहरुको फर्मलाई समेत सहयोग मिल्ने भएको कारण प्रतिकिलो २० रुपैँयामा ३ हजार किलोसम्म सलह किन्ने योजना रहेको बताए ।
उनले सामजिक सञ्जाल फेसबुकमा स्टाटस राखेर उक्त घोषँणा गरेका हुन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif