nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटाैँडामा ३७ जना राेभर रेन्जर स्काउट दीक्षित, बागमती युवा परिषद सहकार्य गर्न तयार

IMG_20231015_195811-1697379226.jpg

बागमती युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले स्काउटसँग सहकार्य गर्न युवा परिषद तयार रहेकाे बताएका छन् ।

२८ असाेजमा हेटाैँडामा सम्पन्न नेपाल स्काउट पेन्गोलिन ओपन स्काउट क्रिउकाे प्रथम दीक्षान्त समारोह एवम् दशै, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् ।

कार्यक्रमकाे प्रमुख अतिथि रहेका चाैलागाईले भने-' युवाहरुलाई सामाजिक कार्यमा सहभागी गराउँदै जीवनाेपयाेगी सीप सिकाउँदै विपदकाे समयमा गरिने सेवा कार्यले राज्यकाे लागि दक्ष अनुशासित नागरिक बनाउने भएकाेले समाजमा सचेतना अभियान संचालन गर्दे शान्ति स्थापना गर्नकाे स्काउटकाे अहम भुमिका रहेकाेले बागमती युवा परिषद् सधै समन्वय गरेर कार्य गर्न तयार छाैँ ।'

पेन्गाेलिन ओपन स्काउट क्रिउका दल समिति अध्यक्ष एवम् स्पाेन्सर संस्था अस्मिता नेपालका अध्यक्ष आरती पाठककाे सभाध्यक्षतामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा पेन्गाेलिनले संचालन गरेकाे युवा स्काउट कार्यक्रमअन्तर्गत प्रथम चरणकाे तालिममा सहभागी भएका ३७ जना राेभर रेन्जरहरु दीक्षित भएका छन् । सोही अवसरमा दल समितिलाई पनि रोभर लिडर अशोक सारु मगरले दीक्षित गराएका थिए ।

कार्यक्रममा नेपाल स्काउट बागमती प्रदेश सदस्य महेन्द्र रानामगर, बागमती प्रदेश सहायक अधिकृत सौरभ अधिकारी, मनहरी स्काउट समिति संयोजक अनन्त पौडेल, कैलाश स्काउट समिति संयोजक दिपक गुरुङ, बागमती स्काउट समिति सदस्यता वृद्धि संयोजक राजकुमार राई, गैसस मकवानपुर अध्यक्ष रमिला सापकोटा, फ्रेन्डस् नेपालका अध्यक्ष किरण थापाको साथै स्काउटर किशोर श्रेष्ठ, मानसिं लामा, लक्ष्मी श्रेष्ठ, बिमल खत्री, निशा गौतम, अनिल आचार्य, सफिरा मिजार, जोन पहाडी लगायतको उपस्थिति रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)