Sunday, 23rd August, 2026
वि.स.

हिँडेर आएकालाई थाहानगरले गाँस, बास र सवारीको व्यवस्था गर्यो

Chitlangaaassssssssss-1587139564.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ९ चित्लाङमा आइपुगेका एकसय १ जनालाई नगरपालिकाले खानाको व्यवस्था गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ५ वैशाखमा धादिङ जीवनपुरको विभिन्न इट्टाभट्टामा काम गर्ने मजदुरहरुलाई खाना, बासको व्यवस्था गरिएको ९ नम्बर वडा अध्यक्ष परशुराम श्रेष्ठले जानकारी दिए । खाना बनाउन, खुवाउन स्थानीय युवाहरुले सहयोग गरेका थिए ।

रातको समयमा बालबालिकासहित आएका सबैलाई थाहा नगरपालिकाले खान बस्नको व्यवस्था मिलाइएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । उनीहरुलाई  साना किसान कृषि सहकारी संस्थाको तरकारी संकलन केन्द्रमा राखेर राती स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गरिरहेको प्रमुख विष्टले जानकारी दिए । 

हिँडेर आएका सबैलाई तरकारी संकलन केन्द्रमै बस्ने व्यवस्था मिलाइएको छ । सर्लाही, सिन्धुली, बारालगायतका स्थानमा उनीहरुलाई पथलैयासम्म ६ वैशाखमा सवारी साधन मार्फत थाहा नगरपालिकाले पठाउने व्यवस्था मिलाइएको प्रमुख विष्टले जानकारी दिए ।  
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०