Tuesday, 18th August, 2026
वि.स.

हावाहु्रीले स्टल ढलेपछि मनहरी महोत्सव उद्घाटन हुन सकेन

Hawahuri-1485511767.jpg

पश्चिम मकवानपुरको मनहरीमा १४ माघमा उद्घाटन हुने भनिएको तेस्रो मनहरी महोत्सवको उद्घाटन हुन सकेन । उदघाटनको दिन १४ माघ बिहानैबाट पानी तथा हावाहुरीका कारण महोत्सव स्थलमा बनाइएको स्टहलहरु ढलेपछि उदघाटन नभएको आयोजक मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष गोविन्द रिजालले बताए ।  

उद्घाटन तयारी सकेर उद्घाटनको संघारमा कार्यक्रम विथोलिएको हो । महोत्सवको उद्घाटन भोली गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय भैनसकेको उनको भनाई रहेको छ । अहिले पानी रेकिएको कारण नेपाल आर्मी, नेपाल प्रहरी, स्थानीयवासी तथा आयोजकको सक्रियतामा मञ्च तथा महोत्सवको लागि तयार पारिएको संरचना निर्माणको काम भैरहेको महोत्सव आयोजक संरक्षण समितिका प्रचार संयोजक शिवकुमार काशीले बताए । 

उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले महोत्सव उद्घाटन गर्ने तयारी भएको थियो । उद्घाटनका लागि ढकालको टोली मनहरी आई पुगेका थिए । महोत्सवमा २ सय स्टलहरु रहेको आयोजकले जनाएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif