Tuesday, 25th August, 2026
वि.स.

हाल सम्म मकवानपुरमा ३२ जनामा कोरोना संक्रमण

test-1594532339.jpg

 मकवानपुर जिल्लामा हाल सम्म ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।

बागमती प्रदेशका १३ जिल्लामा भने हाल सम्म ७ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सबै भन्दा वढी काठमाण्डौ उपत्यकामा संक्रमित देखा परेका छन् । प्रदेशमा कोरोना संक्रमण देखिएका २ सय ७३ जना निको भइ डिस्चार्ज भएका छन् । हाल सम्म प्रदेशमा कोरोनाका कारण नौ जनाको मृत्यु भएको डाक्टर सेढाइले जानकारी दिए ।

हेटौंडा, चितवन, काठमाण्डौ लगायतका स्थानमा राखिएका प्रयोगशालामा पीसीआर परिक्षणका क्रममा संक्रमण भएको पुष्टि भएको हो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif