Friday, 21st August, 2026
वि.स.

हरिवोधनी एकादशीमा थाहानगरको ऋषेश्वर मन्दिरमा मेला

हिन्दु धर्मका भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी दिन मकवानपुरको तीन स्थानमा मेला लागेको छ ।

मकवानपुरको थाहा नगरपालिका ४ स्थित ऋषेश्वर मन्दिरसहित भीमफेदी गाउँपालिका –१ स्थित त्रिखण्डी मन्दिर र मकवानपुर गढी गाउँपालिकामा रहेको गढी दरबारमा हरेक वर्षको एकादशीका दिनमा मेला लाग्ने गरेको छ ।

मेलाका अवसरमा २२ कार्तिक बिहानैबाट ऋषेश्वर मन्दिर, त्रिखण्डी मन्दिर र मकवानपुर गढीमा भक्तजनहरुको घुइचो लागेको थियो । गढी दरबारभित्र वंशगोपालको मन्दिर रहेको छ । मकवानपुरगढी गाउँपालिकाको आमभञ्ज्याङ, सुकौरा, बुढीचौर, हेटौंडाको हटिया हर्नामाडी, बकैयाको ठिङ्गनलगायत मकवानपुरको विभिन्न स्थानबाट मेलामा आउने गरेको मकवानपुरगढी वडा २ का अध्यक्ष बखान सिं पाख्रिनले बताए ।
थाहा नगरपालिका ४ स्थित ऋषेश्वर मन्दिरमा पूजा गर्न आउने तिर्थालु र मेला हेर्न आउने मानिसहरुको व्यवस्थापन र सुरक्षाकालागि इलाका प्रहरीले कार्यलय पालुङबाट प्रहरी खटिएको छ ।

त्रिभुवन राजपथको हेटौंडा काठमाडौं छोटोदुरीको सडकखण्डमा त्रिखण्डी मन्दिर पर्ने भएकाले प्रहरीको टोली खटाएर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटना प्रभावित क्षेत्र र साना गाडी धेरै हिड्ने भएकाले क्षमता भन्दा बढी यात्रु बोक्ने यातायातको साधन चेकजाँच गरी सुरक्षा कडा पारिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif