Wednesday, 26th August, 2026
वि.स.

हरिबंश आचार्य दम्पतीले जिते कोरोना

hari-bansha-aacharya-1603347588.jpg

वरिष्ठ कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्य कोरोनाभाइरस स‌क्रमणमुक्त भएका छन् । गत १९ असोजमा स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

दुई हप्ता होम आइसोलेसनमा बसेपछि उनीहरुले बुधवार गराएको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको हो । श्रीमतीसँगको एक तस्बिर शेयर गर्दै आचार्यले फेसबुकमा लेखेका छन्, ‘हाम्रो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै —धेरै माया दिनुहुने सबैमा धन्यवाद ।’

कोरोना संक्रमण पुष्टि हुनु आचार्य फिल्म ‘हुतुतु’को युनिटसँग स्क्रिप्ट तथा वरिष्ठ कलाकार मदकृष्णसँग एक प्रोजेटको सुटिङमा व्यस्त थिए । उनीलाई कोरोना देखिएपछि उनको कन्ट्रयाक ट्रेसिङमा मदकृष्णलगायत धेरैले कोरोना परिक्षण गराएका थिए । सबैको रिपोट नेगेटिभ आएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif