Tuesday, 25th August, 2026
वि.स.

हराएको मोटरसाइकल बलामीले पाए, पालुङ प्रहरीलाई धन्यवाद  !

Police-Bike-1601041805.jpg

थाहा नगरपालिका वडा नम्बर ६ बाट ४ दिन अघि हराउको मोटरसाइकल फेला परेको छ । ५ असोज राती वडा नम्बर ६ को बज्रवाराहीबाट हराएको मोटरसाइकल फेला परेको हो । 

वडा नम्बर ६ को बज्रबाराही बजारका सरलाल गोपालीको प्रदेश नं. ३–०२–०१३ प ६८९९ नम्बरको एफजेडएस शुद्दचन बलामीको बा ९३ प ८०५४ नम्बरको पल्सर मोटरसाइकल फेला बलामीलाई ९ असोजमा हस्तान्तरण गरिएको हो । इलाका प्रहरी कार्यालय पालुङका मोटरसाइकल धनीद्वय बलामीलाई हस्तान्तरण गरिएको पालुङ प्रहरीले जानकारी दिएको छ । 

इलाका प्रहरी कार्यालय पालुङ मातहत ईलाका प्रहरी कार्यालय चित्लाङ साथै सवारी धनी समेतको सक्रियतामा खोज तलास गर्दै जाँदा उक्त मोटरसाईकलहरु ८ असोजमा धादिङको धुनिवेशी–७ स्थित सार्वजनिक ग्रामिण सडकमा वेवारिसे अवस्थामा फेला परेका थियो । भेटिएका मोटरसाइकलहरु अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय पालुङमा ल्याईएको र आवश्यक अनुसन्धान पश्चात सम्बन्धित धनीहरुलाई बुझाईएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । 

हराएको मोटरसाइकल पाएपछि सरलाल बलामीले इलाका प्रहरी कार्यालय पालुङलाई धन्यवाद दिएका छन् । उनले प्रहरीको सहयोगमा आफ्नो हराएको मोटरसाइकल ४ दिनपछि पाउन सफल भएकोमा खुशी व्यक्त गरेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif