Tuesday, 25th August, 2026
वि.स.

स्वीकृतिविना प्रहरी पोशाकमा भिडियो बनाउनेलाई कारबाही गरिने

Police-Uniform-1602173703.jpg

 प्रहरी प्रधान कार्यालयले प्रहरीको पोशाक र दर्ज्यानी चिह्नको दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

पछिल्लो समय सर्टमुभी, प्रयांक भिडियो, म्युजिक भिडियोका साथै टिकटक भिडियोमा समेत प्रहरीको पोशाकको प्रयोग भएपछि प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी कारबाहीको चेतावनी दिएको हो ।

प्रहरी प्रवक्ता एसएसपी कुँवेर कडायतले जारी गरेको विज्ञप्तिमा प्रहरी पोशाक प्रयोग गर्नु पर्ने भए जनसम्पर्क तथा प्रचार-प्रसार इकाइबाट अनुमति लिनु पर्ने उल्लेख छ ।त्यसका लागि पोशाक प्रयोग गर्नु पर्ने प्रयोजन खुलाउनु पर्नेछ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif