Friday, 3rd July, 2026
वि.स.

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा सुदर्शन पौडेल नियुक्त

Pm-office-1604581083.jpg

सरकारले स्वास्थ्य वीमा बोर्डको कार्यकारी निर्देशक पदमा सुदर्शन पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा २० कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई चार बर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी लोक सेवा आयोगले सिफारिस गरेमध्येका तेस्रो नम्बरका व्यक्ति हुन् । आयोगको संयोजकत्वमा गठित समितिले स्वास्थ्य मन्त्रालयलाई बुझाएको तीन जनामा पहिलो नम्बरमा डा दामोदर बसौला र दोस्रोमा डा कृष्णप्रसाद अधिकारीको नाम थियो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनस्वास्थ्य विषयमा अध्यापन गर्ने पौडेल नेपाल राष्ट्रिय जनस्वास्थ्यकर्मी संघको महासचिव समेत हुन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०