Wednesday, 26th August, 2026
वि.स.

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टिः पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको सेवा स्थगित

मकवानपुर थाहा नगरपालिकाको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका एकजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्ट भएपछि सेवा प्रवाह बन्द भएको छ । 

स्वास्थ्य संस्थाका २५ वर्षिय एक पुरुषमा संक्रमण पुष्टि भएपछि डाक्टरसहित सबै स्वास्थ्यकर्मीहरु कन्ट्याक ट्रेसिङमा परेका छन् । पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा हाल रहेका डाक्टर ३ जना, नर्सिङ स्टाफ २ जना,  एच.ए. २ र स्वयंसेवक ल्याब टेक्नििसिय १ जना संक्रमितको क्लोज कन्ट्याक ट्रेसिङमा रहेका थिए । 

स्वास्थ्यकर्मीलाई समेत संक्रमण भएपछि इमेरजेन्सी सेवा समेत बन्दगरिएको स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीपकसिं लामाले जानकारी दिए । क्लोज कन्ट्याकमा रहेकाहरुको पिसिआर रिपोर्ट नआउन्जेलसम्मका लागि संस्थाबाट सेवा प्रवाह स्थगित गरिएको अध्यक्ष लामाले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif