nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

स्ववियु निर्वाचन: पालुङ क्याम्पसमा संयुक्त उमेदवारी, क्रियाशील संगठन एकै ठाउँमा

IMG_20230311_210014-1678547853.jpg

त्रिभुवन विश्वविद्यालयकाे सम्बन्धन प्राप्त पालुङ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि क्रियाशील संगठनहरु एक ठाउँ उभिएका छन् । क्याम्पसकाे समग्र हितका लागि सबै संगठनकाे भूमिका अपरिहार्य रहेकाे भन्दै माओवादीसम्बद्ध अखिल क्रान्तिकारी, एमालेसम्वद्ध अखिल, काँग्रेससम्बद्ध नेवि संघ र राप्रपासम्बद्ध राप्रविसं एक ठाउँमा उभिएका हुन् । उनीहरुले संयुक्त बैठकबाट सहमति गरेर एउटै प्यानलबाट उमेदवारी दिएका छन् ।

शनिवार उम्मेदवारी दर्ता गर्ने अवधिमा प्रत्यक्षतर्फ चार संगठनकाे संयुक्त प्यानल र समानुपातिकतर्फ चारै संगठनका गरी कूल ११ जनाकाे उम्मेदवारी दर्ता भएकाे निर्वाचन अधिकृत कुमार नेगीले जानकारी दिए । स्ववियु निर्वाचन निर्देशिका अनुसार पालुङ क्याम्पसमा प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ५ जना निर्वाचित हुनुपर्नेमा त्यति नै उम्मेदवारी परेकाे निर्वाचन अधिकृत नेगीले बताए ।

प्रत्यक्षतर्फ अध्यक्षमा पुस्कल श्रेष्ठ, सचिवमा दिलिप रुम्बा, कोषाध्यक्षमा आयाम नापित र  सदस्यहरुमा मेनुका देउला, मोणिका खत्री र पुष्पा कार्कीकाे उम्मेदवारी परेकाे छ । श्रेष्ठ र देउला क्रान्तिकारीबाट हुन् भने रुम्वा र नापित अखिलबाट हुन् । त्यस्तै खत्री र कार्की क्रमशः नेवि संघ र राप्रविसंबाट हुन् ।

समानुपातिकतर्फ अखिल क्रान्तिकारीबाट सविता केसी, नेविसंघबाट रोशनी गोपाली र नविना अधिकारी, अनेरास्ववियु बाट सुस्मिता श्रेष्ठ र राप्रविसंबाट पुष्पा पाख्रिनले उम्मेदवारी दिएका छन् ।

शनिवार विहान बसेकाे   माओवादीसम्बद्ध अखिल क्रान्तिकारी, एमालेसम्वद्ध अखिल, काँग्रेससम्बद्ध नेवि संघ र राप्रपासम्बद्ध राप्रविसंका नेताहरुकाे संयुक्त बैठकले क्रान्तकारीलाई अध्यक्ष र २ सदस्य, अखिललाई सचिव, काेषाध्यक्ष र १ सदस्य, नेवि  संघलाई उपाध्यक्ष, उपसचिव र १ सदस्य र राप्रविसंलाई २ सदस्य  दिने गरी सहमति गरेकाे  थियाे । सहमति अनुसार नेविसंघले समानुपातिकतर्फ पेस गरेकाे सदस्यका उमेदवारहरु राेशनी गाेपाली र नविना अधिकारी क्रमशः उपाध्यक्ष र उपसचिव चयन हुनेछन् । प्रत्यक्षतर्फका ६  जना र समानुपातिकतर्फका ५ सदस्य गरी ११ जनाकाे बैठकले समानुपातिकबाट आएका दुई जनालाई क्रमशः उपाध्यक्ष र उपसचिव चयन गर्ने निर्देशिकामा उल्लेख छ ।

पालुङ बहुमुखी क्याम्पसमा ५ संगठनले १९ फागुनमा संगठन दर्ता गराएका थिए । ५ मध्ये नेकपा एकीकृत समाजवादी पार्टीसम्बद्ध अनेरास्ववियूका प्रतिनिधि सम्पर्कमै नआएकाेले ४ संगठनबीच सहमति गरिएकाे क्रान्तिकारीका १ विद्यार्थी नेताले बताए । क्याम्पसमा एकीकृत समाजवादी पार्टीसम्बद्ध अनेरास्ववियूले कुनै पदमा उमेदवारी दिएकाे छैन ।

केन्द्रीय कमिटीको पत्र अनुसार संगठन दर्ता भए पनि साे संगठनले क्याम्पसमा सम्पर्क गर्ने विद्यार्थीबारे जानकारी गराउन नसकेकाे र सार्वजनिक आह्वान गर्दा पनि संगठनहरुकाे बैठकमा नेकपा एससम्बद्ध विद्यार्थी संगठनकाे उपस्थिति नरहेकाे निर्वाचन समितिले जानकारी दिएकाे छ ।

पालुङ क्याम्पसमा सबै पदमा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेकाेले यसपटककाे स्ववियु निर्वाचन सर्वसम्मत भएकाे छ । यद्यपि निर्वाचन समितिले यसकाे अौपचारिक घाेषणा गरेकाे छैन । निर्वाचन समितिले प्रकाशन गरेकाे उमेदवार नामावली हेर्दा पालुङ क्याम्पसमा स्ववियु निर्विराेध भइसकेकाे छ ।

यसैबीच साे क्याम्पसमा क्रियाशील ४ वटै संगठनले प्रत्यक्षतर्फ संयुक्त प्यानलकाे उम्मेदवारी रहेकाे  र समानुपातिकतर्फ पनि संयुक्त प्यानलमा रहेका संगठनहरुले कूल ५ सदस्य हुनेगरी नामावली पेस गरेकाेले निर्वाचन समितिले उनीहरूलाई सदस्यकाे रुपमा घाेषणाा गरेमा आफूहरुकाे पूर्ण सहमति रहेकाे पत्र पठाएकाे निर्वाचन अधिकृत नेगीले थाहा टाइम्सलाई जानकारी दिए ।