Tuesday, 25th August, 2026
वि.स.

स्याङ्जा पहिरो : ६ जनाको शव भेटियो, चार बेपत्ता

syanja-1600926154.jpg

पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएका २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपालीको शव निकालिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। 

वालिङ १४ तमादीमा बिहीबार बिहान घर माथिबाट पहिरो झर्दा माया परियारको घर पुरिएको थियो। सो घरमा १० जना रहेको जनाइएको छ। उनीहरुमध्ये १६ वर्षका मनिषा नेपालीलाई जीवितै उद्धार गरी थप उपचारका लागि पोखरा लगिएको छ।  

बेपत्ता भएको ४ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। खोजी कार्यका लागि स्थानीय र सुरक्षाकर्मी जुटेका छन्। 

यस्तै बिहीबार बिहान कालीगण्डकी गाउँपालिका( ४ स्थित गौतमडाँडामा पहिरो जाँदा १८ वर्षे कृष्ण दमैको पनि मृत्यु भएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif