Friday, 21st August, 2026
वि.स.

स्थानीय तहलाई नदीजन्य पदार्थको विवरण पेश गर्न पत्राचार

जिल्ला समन्वय समिति मकवानपुरले जिल्लाका सबै स्थानीय तहहरुलाई नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा विक्रि वितरणको विवरण माग गरेको छ ।

मकवानपुरका सबै स्थानीय तहहरुलाई ८ साउनमा पत्राचार गर्दै असार मसान्तसम्म स्थानीय तहहरुले नदीजन्य पदार्थबाट संकलित राजश्वको विवरण माग गरेको हो । ढुङ्गा गिठट्टी वालुवा जिल्ला अनुगमन समितिलाई अहिलेसम्म स्थानीय तहबाट राजश्व संकलन तथा कति रसिद भएको लगायतको विवरण पेश गर्न पत्रमा भनिएको छ । राजश्व कुन प्रक्रियाबाट संकलन गरिएको हो त्यसको विवरण समेत पत्राचार गरेर माग गरेको छ ।

स्थानीय तहहरुलाई पठाइएको पत्रमा भनिएको छ,–‘राजश्व संकलित अंक समेत यथासक्य छिटो उपलब्ध गराइदिन अनुरोध छ ।’ 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif