Tuesday, 18th August, 2026
वि.स.

स्थानीय तहमा कर्मचारी सरुवा रोकियो

MOFAGA-1615776815.jpg

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलये स्थानीय तहमा कर्मचारीको सरुवा यथावत् राख्ने निर्णण गरेको छ । १ चैत्रकाे मन्त्रीस्तरीय निर्णयबाट लोकसेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति पाएका कर्मचारीको सरुवा यथावत् राखेको हो ।

२९ माघमा मन्त्रालयले लोकसेवा आयोगको सिफारिसमा नियुक्त भई खटिएका कर्मचारीलाई कामकाजका लागि अन्तरस्थानीय तहमा खटाउने निर्णय गरेको थियो । त्यसका लागि दोहोरो सहमति आवश्यक पर्ने भएकामा अब उक्त प्रक्रिया नै खारेजीमा परेको हो ।

तर, सम्पूर्ण स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण भइनसकेको, सफ्टवेयर निर्माणको क्रममा रहेको, रिक्त पदमा पूर्तिका लागि कतिपय स्थानीय तहले प्रदेश लोकसेवा आयोगमा माग गरेको र कतिपय स्थानीय तहले विगतमा जारी भएका सहमतिपत्रबाट हाल सरुवा र कामकाजमा नखटाइदिन अनुरोध भएको भन्दै मन्त्रालयले विगतको आफ्नै निर्णय रद्द गरेको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif