Tuesday, 18th August, 2026
वि.स.

स्थानीय तहका कर्मचारीलाई अविलम्ब सिटरोल भर्न अनुरोध

11111111-1616077924.jpg

स्थानीय तहमा स्थायी नियुक्त कर्मचारीहरूलाई अविलम्ब सिटरोल भर्न सूचना जारी गरिएको छ ।

राष्ट्रिय कितावखाना(निजामती)ले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७५-०७६ पछि स्थानीय तहको रिक्त दरबन्दीमा लोक सेवा आयोगबाट सिफारिस भई नियुक्त कर्मचारीहरूलाई अविलम्ब सिटरोल भरी पेस गर्न भनेको हो ।

यसअघि सङ्घमा कार्यरत रही कर्मचारी सङ्केत नम्बर प्राप्त गरी सकेका र हाल स्थानीय तहमा स्थायी नियुक्त भएका कर्मचारीहरुमध्ये कतिपय कर्मचारीहरूले हालसम्म पनि सिटरोल भरी राष्ट्रिय कितावखाना(निजामती)मा पेस गरेको नदेखिएको भन्दै सिटरोल भर्न बाँकी कर्मचारीहरूलाई पाँचप्रति सिटरोलसाथ संलग्न गर्नुपर्ने आवश्यक कागगजातहरु संलग्न गरी पेस गर्न भनेको हो ।

.

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif