Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

स्थानीयको बिरोधपछि राक्सिराङको खानी क्षेत्र अनुगमन

2-1607231504.jpg

मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल सहितको टोलीले मकवानपुरको राक्सिराङ ४ मा रहेको हेटौंडास्थित रिद्धिसिद्धी सिमेन्ट उद्योगको गिङ्ङु खानी अनुगमन गरेको छ ।

खानी सञ्चालनको क्रममा स्थानीयहरु बिस्थापित हुन थालको गुनासोपछि प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका अधिकारीहरुले खानी अनुगमन गरेका हुन् । उद्योगले एक सातादेखि खानी उत्खनन्को काम गरिरहेको छ ।

स्थानीयबासीहरुको उचित ब्यवस्थापन बिना नै खानी सञ्चालन गरेपछि गिङुङुका करिब एक दर्जन परिवार बिस्थापित भइसकेका छन् । अन्य करिब एक दर्जन परिवारले गाउँ छाड्नुपर्ने अवस्था आएको स्थानीय बलराम चेपाङले बताए । ‘मेरो पनि ४ रोपनीको पैसा पायो अब ६ रोपनी जग्गाको पैसा दिएको छैन’, उनले भने, ‘आगनमा डोजर चल्न थालेपछि यहाँ कसरी बस्ने, मैले पनि गाउँ छाड्नुपर्ने भएको छ ।’

उद्योगलाई न्युन मुल्यमा जग्गा बिक्री गरेका स्थानीयहले पटक पटक गरी प्राप्त गरेको रकम खर्च गरिसकेका छन् । घरबारीमा खानी सञ्चालन भएपछि उनीहरुले अन्यत्र बिकल्प नहुँदा गाउँ छाड्न सकेका छैनन् । ‘पहरामा घर छ मेरो, अब अरुको अरुले त पैसा लिएर छाडे मैले त अब पैसा पाएको पनि छैन । बस्न पनि गारो भएको छ’, स्थानीय राममाया चेपाङले गुनासो पोखिन्, ‘उद्योगले छिट्टै पैसा दिए ज्या धरापमा पारेर म बस्ने थिइन ।’

स्थानीय जनप्रतिनिधिहरुले प्रभावित बासिन्दालाई कुनै जानकारी नै नदिई उद्योगसँग सहमति गरेर खानी सञ्चालन गर्न दिएको स्थानीयबासीको आरोप छ । उक्त खानी सञ्चालन हुँदा उद्योगको तल्लो क्षेत्रमा बसोबास गर्दै आएका ६५ परिवार बिस्थापित हुने र २५ हेक्टर जमिन प्रभावित स्थानीयबासीहरुको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी रिजालले उद्योग ब्यवस्थापनलाई स्थानीयबासीको उचित माग सम्बोधन गरेर खानी सञ्चालन गर्न भनेका छन् । ‘खानी नै भएको क्षेत्रको जनता त यहाँ बस्न सक्ने कुरा भएन, छेउछाउका प्रभावितहरुको कुरा के हो’, उनले भने, ‘प्रभावितहरुको उचित माग सम्बोनध गरेर खानी सञ्चालन गर्नुहोला ।’

स्थानीयहरुले चलनचल्तीको मुल्यमा उद्योग आफैले स्थानीयको जमिन खरिद गर्नुपर्ने, जग्गा बिक्री गर्दा दश लाख रुपैयाँ भन्दा कम रकम प्राप्त हुनेहरुलाई अन्यत्र पुर्नबास गराउनुपर्ने लगायतका माग गरेका छन् । तर उद्योगले भने स्थानीयहरुको माग पुरा गरेरै खानी सञ्चालन गरेको दाबी गरेको छ । ‘जनप्रतिनिधि र स्थानीयहरुसँग हामीले सम्झौता गरिसकेका छौं’, उद्योगका सञ्चालक राजेश खरेलले भने, ‘सोही आधारमा खानीको काम सुरु भएको छ । बीचमा आएका समस्याहरुबारे छलफल गर्दै अघि बढ्छौं ।’

बिपन्न चेपाङ र तामाङ बसोबास रहेको उक्त क्षेत्रमा अधिकांस ब्यक्तिको जग्गा बिचौलीया मार्फत उद्योगले जग्गा खरिद गरिरहेको छ । उधारो जग्गा बिक्री गरेका एक दर्जन बढी स्थानीयले हालसम्म पैसा पाएका छैनन् । अनुगमको क्रममा स्थानीयबासी तथा बागमती प्रदेशसभा सदस्य ओम बहादुर ग्लान र ४ नम्बर वडा अध्यक्ष सञ्जय कोइरालाले उद्योगसँग भएको सहमति र बर्तमान अवस्थाबारे जानकारी गराएका थिए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०