Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

स्कोरपिओको ठक्करबाट तीन जनाको मृत्यु

road-accident-1593149036.jpg

मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपिओले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।

गएराति भएको दुर्घटनामा पैदलयात्री र मोटरसाइकलमा सवार गरि तीन जनाको मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयले जनाएको छ। पूर्वबाट पश्चिमतिर जाँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओ दुर्घटना भएको इलाका प्रहरी कार्यालयका डीएसपी दिलिप गिरीले बताए।

डीएसपी गिरीका अनुसार स्कोरपिओले पैदल हिडिरहेकी ४५ वर्षीया महिलालाई ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।महिलालाई ठक्कर दिँदा अनियन्त्रित बनेको स्कारपिओ मोटरसाइकलमा ठोक्किएको हो।

विपरित दिशाबाट आइरहेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका–२ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र पछाडि सवार ३५ वर्षीय युवकको मृत्यु भएको छ। पछाडि बसेका युवकको पहिचान खुलेको छैन।

पछाडि बसेका युवकको घटनास्थलमै र गजेन्द्रको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको जनाएको छ।स्कोरपिओ चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०