Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

स्कुटर दुर्घटनामा २ जनाको मृत्यु

d-body-1619676430.jpg

तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा बुधबार साँझ भएको स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ । ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा सवार दुवै जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा ऋषिङ–४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । 

सन्देशलाई दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए भने पवित्राको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रनाउ तिमिल्सिनाले जानकारी दिए । 

मृतकमध्ये सन्देश बालविकास माध्यमिक विद्यालयमा लेखापालका रूपमा कार्यरत थिए भने पवित्रा महेन्द्रज्योति माध्यमिक विद्यालयको शिक्षिका थिइन्। कोरोना सङ्क्रमणका कारण विद्यालय बन्द भएपछि उनीहरु दमौली फर्किँदै थिए । ओरालोमा ब्रेक फेल भई अनियन्त्रित भई स्कूटर पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०