nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सेन्चुरी बैंक दामन साखाद्वारा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन

IMG_20220331_083346-1648695171.jpg

ग्लोबल मनी वीक को अवसरमा थाहाकाे शिखरकाेट स्थित सेन्चुरी कमर्शीयल बैंकले आज जनकल्याण माबिमा साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

बिद्यालयमा अध्ययनरत कक्षा १२ का करीव ७० जना विद्यार्थी तथा शिक्षकहरु सहभागी कार्यक्रममा बैंकका प्रवन्धक आशिष गाैतम, बैंकका कर्मचारीहरु, मंगलदीप सहकारी का व्यबस्थापक गणेश बिष्ट,नेपाल लाईफ ईन्स्युरेन्स पालुङ साखा प्रमुख नरहरि पाैडेल,नाडेप लघुबित्त,पालुङका कर्मचारी रवि रिमाल काे उपस्थिति थियाे।
प्रवन्धक गाैतमले वित्तिय साक्षरता कार्यक्रमको उदेश्य, त्यस्को महत्व एवं बैंक खाता खोल्ने प्रक्रिया, खाताका प्रकार, मोबाइल बैंकिङ सेवा, आईपिएस, कर्जा , एटिएम सेवा लगायत बैंकबाट प्रदान गरिने सेवाहरुबारे सहभागीहरुलाई जानकारी दिए ।आन्तरिक तथा वैदेशिक रेमिटेन्स काे बिषयमा सेन्चुरि बैंकमा कार्यरत मेनु कार्कीले प्रशिक्षण दिए ।
जीवन बिमा तथा निर्जिवन बिमाकाे फाईदा तथा महत्त्व बारे नेपाल लाईफ ईन्स्याेरेन्स पालुङ का प्रमुख नरहरि पाैडेलले बिद्यार्थीहरुलाइ प्रशिक्षण दिएका थिए ।

कतिपय अवस्थामा बैंकिङ सम्वन्धि राम्रो ज्ञान नभएका कारण धेरैले गल्ति गर्ने वा अनावश्यक तनाबको रुपमा लिने गरेकोमा उक्त कार्यक्रम पश्चात विद्यार्थीहरुमा बैंकबाट प्राप्त हुने सेवा र उक्त सेवाहरु प्रयोग गर्ने तौर तरिकाबारे प्रशस्त जानकारी प्राप्त भएको बैंकका प्रवन्धक गाैतमले बताए । यस्ता जनचेतनामुलक कार्यक्रमहरु भविष्यमा पनि विभिन्न टोल बस्तिमा सञ्चालन गर्दैजाने उहाँले बतााए । यस्ता कार्यक्रमको अलवा वित्तिय संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत थाहाकाे विभिन्न सामाजिक कार्यहरु गर्दै अघि बढ्ने कुरा गाैतमले बताए ।



https://www.thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।