Tuesday, 25th August, 2026
वि.स.

सुस्मिता हत्या प्रकरण – जिल्ला अदालत मकवानपुरमा ५ जना विरुद्ध अभियोगपत्र दर्ता

jilla-adalt-makawanpur-1594626123.jpg

हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ की सुस्मिता केसी थापाको हत्या प्रकरणमा संलग्न भएको भन्दै ५ जना विरुद्ध जिल्ला अदालत मकवानपुरमा मुद्धा दायर भएको छ ।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मकवानपुरमा दुर्गा थापाको श्रीमान बिरुद्ध पनि जन्मकैद सँजाय माग गर्दै मुद्दा दायर गरेको हो । सो हत्या प्रकरणमा ५ जनामाथि अभियोग पत्र दर्ता भएको छ ।

मृतक केसीको ससुरा प्रकाश थापा र कान्छी नन्द सीता थापालाई आजीवन कैद सँजायको माग गरिएको छ ।

जेठी नन्द दुर्गा र उनको पतिलाई जन्मकैद अर्थात २५ वर्ष र उनको सासु तुलसीकुमारी थापालाई हत्याराको मतियार रहेको भन्दै साँढे १२ वर्ष कैदको माग गरिएको छ ।

प्रहरीको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यलयले जिल्ला अदालतमा मुद्धा दायर गरेको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif