Wednesday, 1st July, 2026
वि.स.

सुविधायुक्त सिभिल ईन्जिनियरिङ शिक्षालय सञ्चालनार्थ बत्सलादेवीमा महायज्ञ हुने

Thhhh-1579764173.jpg

बागमती प्रदेश मकवानपुरको इन्द्रसरोवरमा रहेको बत्सलादेवी माध्यामिक विद्यालयले सप्ताहब्यापी रुपमा महायज्ञ गर्ने भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नं ३ सिस्नेरीमा अवस्थित विद्यालयले यहि माघ २२ गतेदेखि फाल्गुण १ गते सम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०७६ को आयोजना गरिने महायज्ञ मूल समारोह समितिका प्रचारप्रसार संयोजक सन्तोष बानियाँले जानकारी दिए । बत्सलादेवी माध्यामिक विद्यालयमा सुविधायुक्त सिभिल ईन्जिनियरिङ प्राविधिक शिक्षालय सञ्चालनका लागि विद्यालयले महायज्ञ आयोजना गर्न लागेको महायज्ञ मूल समारोह समितिका संयोजक अशोक कुमार ठकुरीले जानकारी दिए । वि.सं. २०१० सालमा स्थापना भएको विद्यालयमा शैक्षिकशत्र २०७६ देखि सिभिल ईन्जिनियरिङको पढाई भैरहेको छ ।  
सप्ताहब्यापी कार्यक्रममा ख्यातिप्राप्त विद्धान बालन्यास पं. श्री मुकुन्द नेपालको वाचकत्वमा संगीतमय भावपूर्ण कथा प्रवचन तथा आचार्य पं. श्री मनोज नेपालबाट पाठपारायण हुने आयोजकले जनाएको छ । 
   माघ २२ गते बिहान ८ः१५ मा बत्सलादेवी मन्दिरबाट पूर्वाङ्ग पूजा तथा कलश यात्रासुरु गरी दिउँसो ११ बजे महायज्ञको समुद्घाटनको कार्यतालिका रहेको जनाइएको छ । फाल्गुण १ गते पूर्णाहुती, महाप्रसाद वितरण गरिनुका साथै प्रत्येक दिन भगवानको दिव्य झाँकी लीला प्रदर्शन, विशेष आरती, पाठपारायण, कथा वाचन, तिलार्चन लगायतका कार्यक्रमहरु रहने छन् ।
   श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको लागी गठित “श्रीमद्भभागवत सप्ताह ज्ञान महायज्ञ” मुल समरोह समिति गठन गरिएको छ । माघको पहिलो साता नै समितिका संयोजक ठकुरीको अध्यक्षतामा संविधान सभा सदस्य एवम् स्कुल व्यवस्थापन समितिका पदाधिकारी, मुल आयोजक समिति र वडा अध्यक्षहरुको उपस्थितिमा औपचारिक भेला सम्पन्न गर्दै महायज्ञको लागि सबैले आ–आफ्नो तहबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।