Sunday, 16th August, 2026
वि.स.

बज्रवाराही माविको ११ कोठे भवनको शिलान्यास

bajrabarahi-1617183358.jpg

आपतकालिन बिधालय पुन निर्माण  आयोजना  अन्तर्गत   जाइकाको सहयोगमा थाहा ६ को बज्रबाराही माविको निर्माणाधीन  ११ कोठे भवनको एक समारोहका बिच बुधबार थाहा नगर पालिकाका प्रमुख लवशेर बिष्टले  शिलान्यास गरे।  

३ करोड १० लाख ८७ हजार १ सय ८७ रुपैयाँमा लागतमा बन्ने सुबिधा  सम्पन्न ११ कोठे भवनको शर्मा ए एम जे भि काठमाडौले निर्माण  गर्ने भवन २०७९श्रावण  भित्र  सक्ने गरी ठेक्का सम्झौता गरेको छ।

 बिधालय  ब्यबस्थापन  समितिका अध्यक्ष  इश्वर लाल रुम्बाको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख  लवशेर बिष्ट को प्रमुख आतिथ्यता र जिल्ला आयोजना कार्यन्वयन ईकाई शिक्षा  मकवानपुरका प्रमुख  बद्री  बहादुर पाठकको बिषेश आतिथ्यतामा रहेको थियो ।

कार्यक्रममा थाहा ६ का अध्यक्ष  शशिधर सुवेदी, विभिन्न संघ  संस्थाका प्रतिनिधिहरु ,अभिभावकहरु को उपस्थिति  रहेको थियो।

शिलान्यास  समारोहमा अतिथी हरुलाई बिधालयका प्रधानाध्यापक रमेशमान डंगोलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन निराजन गोपालिले गरेका थिए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०