nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

सुरक्षाका मापदण्ड अपनाएर मात्रै विद्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको निर्देशन

school-1616669139.png

कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै शिक्षा मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरेर मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहित विभिन्न निकायका पदाधिकारीको बिहीवार बसेको बैठकले सबै शिक्षण संस्थाले अनिवार्य रूपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य मापदण्डका साथै प्रदेश सरकार र पालिकाबाट तय गरिएका थप मापदण्डको पूर्णरूपमा पालना गर्न निर्देशन दिएको हो ।

शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने, ज्वरो नाप्ने र कसैमा सङ्क्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने नियमलाई पूर्ण पालना गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

यस्तै शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सवजस्ता भिडभाड हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्नसमेत मन्त्रालयले निर्देशन दिएको छ । विद्यालयहरूले दैनिक पठनपाठन सञ्चालन गर्दा भिडभाड नहुने गरी गरी सञ्चालन गर्नुपर्ने र विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ को पूर्णरूपमा कार्यान्वयन गर्न पनि मन्त्रालयले सचेत गराएको छ । 

केही दिनयता कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारले नै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)