Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सुरेन्द्रमान ओराटरीमा अनित विष्ट उत्कृष्ट घोषित

Anittt-1599400599.jpg

पालुङ जेसीजको आयोजनामा भएको सुरेन्द्रमान ओराटरीमा अनित विष्ट उत्कृष्ट घोषित भएका छन् ।  २० भाद्रमा पालुङ जेसीज सभाहलमा भएको प्रतियोगितामा विष्ट उत्कृष्ट घोषित भएका हुन् । 

नेपाल जेसिजको आयोजनामा हुने वक्तृत्वकला प्रतियोगितामा सहभागी जनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको पालुङ जेसीज वर्ष २०२० का अध्यक्ष मनोज रायमाझीले जानकारी दिए । 

प्रतियोगितकाो निर्णायकहरुमा पालुङ जेसिजका निवर्तमान अध्यक्ष कुमार नेगी र पूर्व महासचिब भूमिराज अवस्थी रहेका थिए । कार्यक्रम वर्ष २०२० का शाखा अध्यक्ष मनोज रायमाझीको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, बर्ष २०१०का अध्यक्ष सुरेन्द्रमान प्रधान लगायत बोडका पदाधिकारीहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।